तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रहरीका लगि खरीद गरिएका गाडी हस्तान्तरण

धनगढी । प्रदेश प्रहरीका लागि खरीद गरिएका नौ थान गाडी सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकलाई आज हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रहरी नायब महानिरीक्षक तारणीप्रसाद लम्साललाई ती नयाँ गाडीको साँचो प्रदान गरी हस्तान्तरण गर्नुभयो ।

प्रदेश प्रहरी गठन नहुँदै प्रदेश सरकारको गत आर्थिक वर्षको बजेट रु तीन करोड ३२ लाख ९१ हजारमा नयाँ गाडी खरीद गरिएको थियो । हस्तान्तरणको काम अघि नबढाउँदा दुई महीनादेखि मन्त्रालय परिसरमै यी गाडी थन्किएका थिए ।

तत्कालीन प्रदेश प्रहरी गठन हुन नसकेको अवस्थामा हाल सङ्घीय सरकारको प्रहरीलाई गाडी हस्तान्तरण गरिएको मन्त्रालयका उपसचिव तेजप्रकाश जोशीले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम यी गाडी सङ्घीय सरकारको प्रहरीलाई हस्तान्तरण गरिएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button