तपाईँ सुन्दै हुनुहुन्छः

चीनको राजधानी बेइजिङमा बनेको नयाँ ‘स्टारफिस’ विमानस्थलको ढोका खुल्यो

बीबीसी । चीनको राजधानी बेइजिङमा बनेको स्टारफिस आकारको विमानस्थलको ढोका खोलिएको छ । ११ मिलियन डलरमा बनेको उक्त विमानस्थलको ढोका देशको ७० औं स्थापना दिवस भन्दा केही दिनअघि खुलेको हो ।

सो विमानस्थल राष्ट्रपति सी जिनपिङ्गले आज उद्घाटन गरेका छन् । विमानस्थल ७ लाख स्क्वायर मिटरमा फैलिएको छ । अर्थात् ९८ वटा फुटबल मैदान जति रहेको चाइना डेलीले जनाएको छ ।

चीनको राजधानीमा अहिले रहेको विमानस्थल एटलान्टापछिको दोस्रो व्यस्त विमानस्थल मानिन्छ । अहिले बनेको विमानस्थल विश्वकै सबैभन्दा ठूलो एउटै टर्मिनल भवन भएको विमानस्थल हो । आजैबाट सात वटा विमान कम्पनीले आन्तरिक उडान गर्ने ग्लोबल टाइम्सले जनाएको छ ।

चाइना साउदर्न र चाइना इस्टर्न एयरलाइन्सले शुरुमा उडान भर्दैछन् । ब्रिटिश एयरवेज, क्याथी प्यासेफिक र फिन एयरले पहिला नै डेक्सिङ्गको रुट तय गरिसकेका छन् । नयाँ विमानस्थल तियानमेन स्क्वायरबाट ४६ किमी दक्षिणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button