तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पास्थित भोटाऔलको सिङ्गोेगाउँ पहिरोको जोखिममा

फाइल तस्बिर

डोल्पा– डोल्पाको मुड्केचुला गाउँपालिका १ को भोटाऔलको सिङ्गोेगाउँ पहिरोको जोखिम परेको छ । गाउँ नै पहिरोको जोखिममा परेपछि स्थानीयबासी निरास बनेका छन ।

गत असार २८ गते स्थानीय काँसिल खोलामा आएको भिषण बाढी र यसको कटानले गर्दा पहिरो गएर औलगाउँ नै जोखिममा परेको हो ।

पहिरोले स्थानीय हिरा सिंह, कालिबहादुर बोहरा, बिशाल बोहरा ३ घर बगाएको छ । धनसरी बोहरा, पुर्णराज बोहरा, पुतली बोहरा, जंगबहादुर बोहरा, लीलु बोहरा, कृष्णदेवि बोहरा लगाएतका ५० पहिरोको उच्च जोखिममा परेका छन ।

गाउँ तलको भाग लगातार पहिरो जाने क्रम रोकिएको छैन । गाउँ माथिको भागको जमिन चिराचिर परेर धाजा फाटेको छ । स्थानीयले अन्य स्थानमा बस्नलाइ ठाउँ नभएको भन्दै सो ठाउबाट अन्यठाउँमा जानामानेका छैनन् ।

यहाँ बस्नु आफुहरुको रहर नभएर बाध्यता भएको स्थानीय लिलु बोहराले बताउनु भयो । बाढीको कारण मुड्केचुला गाउँपालिका १ भोटाऔल र त्रिपुरा सुन्दरी नगरपालिका ५ लाहाँ जोड्ने मूल बाटोको झोलुंगे पुल जगदुल्ला खोलाले बगाएपछि ३ महिदेखि आवतजावत गर्ने बाटो बन्द भएको छ ।

खोलाका विभिन्न स्थानमा रहेका दर्जन पुल एकै पटक बगाउँदा गाउँपालिका क्षेत्र नाका बन्दीमा परेको छ । १० मिनेटमा पुगिने स्थानमा पुग्न २ दिन हिडेर बाटो पार गर्नु पर्ने बाध्यता भएको स्थानीय कृष्णदेवि बोहराले बताउनुभयो ।

बाढी पहिरोले २८ किलोवाट क्षमताको काँसिल खोला लघु जलविद्युत आयोजनाको मुहान र कुलोमा बाढी पहिरोले क्षति र्पुयाएपछि विद्युत आयोजना पूर्ण रुपले बन्द भएको छ । १, २ र ३ वडाका ३ सय ५० घरधुरी बिजुली बत्ती विहीन भएका छन भने दर्जन गाउँ अन्धकारमय भएका छन् ।

विद्युत आयोजनाको गाउँपालिका आसपासका गाउँहरुमा विद्युत आपूर्ति बन्द भएको छ । आयोजना बन्द भएपछि तीन वडाका औल, प्रताप टोल, बाईगाउँ, नमुनाटोल, दमाईटोल, भोटगाउँ, जेठाटोल, सार्कीबाडा, मालुवाकुनाटोल, भोटाऔलटोल, रिडिङ लगाएत गाउँ तथा बस्ती अन्धकार भएका छन ।

बाढी पहिरोले विद्युत आपुर्ती बन्द भएपछि मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कार्यालयको दैनिक कामकाम समेत प्रभावित भएको छ भने कुटानी पिसानी, फर्निचर लगायतका घरेलु उद्योग व्यवसाय बन्द भएका छन । बाढीले गाउँमा आर्पुती हुदै आएका दर्जन खानेपानी आयोजना बगायो । अहिले ३ सय ५० घरपरिवार शुद्ध खानेपानी सुविधाबाट बन्चित भएका छन् । बाढीले खोला दर्जन पानी घट्ट बगाउदा स्थानीयलाइ पिठो पिस्न समस्या भएको छ ।

पुल बगाएपछि ३ महिना एक गाउँबाट अर्को गाउँको सम्बन्ध विच्छेद भएको छ । यसैगरी कालिका, सर्मी, माझफाल र फोक्सुण्डो खोलाका दर्जन बढी काठेपुल बाढीले बगाएको छ । पुल बगाएपछि बाटो नै अवरुद्ध भएको छ । पुल बगाएपछि मुड्केचुला गाउँपालिका र त्रिपुरा सुन्दरी नगरपालिका ५को लाहाँका बासिन्दाहरुले आउजाउ गर्न सकेका छैनन् । अहिले पुल बगाएपछि आवतजावत नै ठप्प भएको छ । बगाएको पुल भन्दा ५ किलोमिटर तल रहेको त्रिवेनीको पुल ४ किलोमिटर माथि इलमा रहेको पुल प्रयोग गर्दै आएका छन् । बाढी पहिरोले गाउँपालिकाको सुर, नर्कु, इल, होर्त, ओक्ट, सर्मी तथा जगदुल्ला गाउँपालिका जाने मुख्य बाटो दर्जन बढी स्थानमा बाढी पहिरोले बगाएर तथा भत्काउदा स्थानीयबासीलाई ठुलो सास्ती भएको छ ।

बाढी पहिरो पिडित जनतालाइ गाउँपालिकाबाट केहि राहत सहयोग उपलब्ध गरेको र थप राहतका लागि माथिल्लो निकायमा पहल गर्ने गाउँपालिकाकी उपाध्यक्ष सविता कुमारी रोकाय बताउनुभयो ।

बाढीपहिरोले विद्युत आयोजना, खानेपानी आयोजना, पानी घट्ट, झोलुंगे पुल तथा काठेपुल लगाएत भौतिक संरचनामा ठुलो क्षेती मात्र गरेन ११ जना स्थानीयले ज्यान समेत गुमाउनु परेको थियो । आधा दर्जन घर बाढीले बगाएको थियो । ३ महिना वितिसक्दा पनि संघिय तथा प्रदेश सरकारको नजर पुग्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button