तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

कैलाली ।  सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरीको लागि हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणि प्रसाद लम्साललाई नौ वटा गाडीको साचो हस्तान्तरण गर्नुभएको हो ।

मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौँ गाडि खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडि प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि नौ वटै जिल्लामा हस्तानतरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रि प्रकाश शाहले बताए ।

प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले वितरण गरेको गाडीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button