तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदै

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा सहभागिता हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर तर्फ प्रस्थान गर्दैछ ।

नेपाली क्रिकेट टिम आज राति १०ः१५ मा सिल्क एयरबाट सिंगापुर प्रस्थान गर्ने टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयको छ।

त्रिकोणात्मक सिरिज यही शुक्रबारदेखि सुरु हुँदैछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा शुक्रबार नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ भने तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

सिंगापुर क्रिकेट संघको आयोजनामा हुन लागेको त्रिकोणात्मक सिरिजमा आयोजक टिमसँगै नेपाल र जिम्बाब्वे छन् ।

सिंगापुर र ओमान सिरिजको लागि नेपालको १५ सदस्यीय टोलीः

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button