तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावर धपाउन खेतमै डेरा

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।

आँखा लाग्नेबित्तिकै जनावर खेतमा छिरेर एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले सुत्न नपाएको उहाँले बताउनुभयो । बस्तीको माथिल्लो र तल्लो भेगमा जङ्गली जनावर रोक्नका लागि ‘फेन्सिङ’ गरिएको भए पनि यस क्षेत्रको दुई किलोमिटरको क्षेत्रमा जङ्गली जनावर रोकथामका लागि कुनै उपाय गरिएको छैन ।

निकुञ्जको विस्तारित क्षेत्रबाट यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई दुई दशकअघि पुनः स्थापन गरिएको थियो । हात्तीले उखु र धानबाली नोक्सान शुक्लाफाँटा नगरपालिका–१२ का ३० परिवारले लगाएको उखु र धानबालीमा जङ्गली हात्तीको बथानले नोक्सानी पु¥याएको छ ।

लगातार चार दिनदेखि हात्तीको बथान खेतमा छिरेर बालीमा नोक्सानी पु¥याउँदै आएको छ । साँझ नपर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथान भगाउनका लागि स्थानीय बासिन्दा रातिका बेला पालैपालो जाग्रामसमेत बस्दै आएका छन् । केही दिनअघि मात्रै हात्तीको आक्रमणबाट चन्द्रबहादुर चौधरीको गोठमा बाँधेको गोरुसमेत मरेको स्थानीय मङ्गल चौधरीले बताउनुभयो । पटाका पडकाएर, साइरन बजाएर र थाली बजाएर हात्ती भगाउने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button