तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैंकको रकम चोरी गरेको आशंकामा ११ पक्राउ

काठमाडौं ।  नेपाल प्रहरीले कृषि विकास बैंकको खाताबाट रकम ट्रान्सफर गरी चोरी गरेको आंशकामा ११ जनालाई विभिन् ठाउँबाट पक्राउ गरेको छ  ।  कृषि विकास बैंकको खातामा रहेको करिब तीन करोड रकम ह्याकर समूहले आफ्नो खातामा ट्रान्सफर गरेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए।

बैंकबाट करिब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको छ।  रुपैयाँ ह्याक गरी रकम निकाल्दा–निकाल्दै प्रहरीले उनीहरुलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

कृषि विकास बैंकका लहान शाखाका दुई जना कर्मचारीको खाताबाट रकम चोरी भएको हो । ह्याकरको समूहले सिस्टम ह्याक गरेर काठमाडौंको न्युरोडबाट उक्त रकम चोरी गरेको प्ररम्भिक सूचना लहान प्रहरीमा पुगेको लहान प्रहरीले बताएको छ । मंगलबार काठमाडौंमा भएको घटनाको सामान्य विवरणमात्र लहान प्रहरीलाई दिएकाले घटनाको विस्तृत विवरण भने आउन भने बाँकी नै छ ।

लहान शाखाका शाखा प्रमुख र ऋण शाखा प्रमुखको खाताबाट रकम चोरी भएको हो तर उक्त खाताबाट कति रकम चोरी भएको भन्ने जानकारी भने आइसकेको छैन प्रहरी स्रोतले भन्यो ।

कृषि विकास बैकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियोे भन्नेबारे पनि केही बताएको छैन । काठमाडौंबाट पक्राउ परेका सबै नेपाली नै हुन्। उनीहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ। प्रहरीले ट्रान्सफर भएको रकम बाहिरी नसकेको जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गर्नुभयो ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको छ ।

प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो । जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ गरेको थियो् । २ चिनियाँ भने अझै फरार छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button