तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारिता पेशा जिम्मेवार र विश्वसनीय हुनुपर्छ’

केशव ढुंगाना । उप–राष्ट्रपति नन्दबहादुर पुनले देशको आर्थिक विकास र समृद्धिका लागि पत्रकारिता पेशा जिम्मेवार र विश्वसनीय हुनुपर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आज सिंहदरवारमा गरेको पुरस्कार वितरण कार्यक्रममा उप–राष्ट्रपति पुनले पत्रकारिता पेशा जिम्मेवार र विश्वसनीय भए मात्रै सरकार र नागरिक बीचको सम्बन्ध सुमधुर हुने र विकास निर्माणका कामले गति लिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button