तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुदको तयारी पुरा’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हुने प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको राष्ट्रिय विश्वविद्यालय खेलकुद संघले मंगलबार पत्रकार सम्मेलनमा गर्दै असोज ९ गते देखि ११ गते सम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल, दौड, बास्केटबल, टेबलटेनिस, चेस र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने जनाएको छ ।

९ विश्व विद्यालयको सहभागिता रहने प्रतियोगितामा ७६ स्वर्ण,७६ रजत र ७६ गरी कुल २ सय २८ पदकको लागि प्रतिस्पर्धा हुने बताएको छ । प्रतियोगितामा ६ सय १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button