तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली अम्पायर र स्कोररले मलेसियामा क्रिकेट खेलाउन पाउने

काठमाडौं । नेपाली क्रिकेट अम्पायर र स्कोररले अब मलेसियाको घरेलु क्रिकेटमा पनि खेलाउन पाउने भएका छन् ।

नेपाल क्रिकट अम्पायर एन्ड स्कोरर संघ (सियुएसएएन) र मलेसिया क्रिकेट बोर्ड (एमसिए) बीच सम्झौता पछि दुवै देशका अम्पायर र स्कोररले एक अर्काको घरेलु क्रिकेटमा भूमिका निर्वाह गर्न पाउने भएका छन् ।

मलेसियाको क्वालालम्पुरमा जारी अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पुरुष क्रिकेट विश्व कप च्यालेन्ज लिगका दौरानमा दुई पक्षबीच मंगलबार सम्झौता भएको थियो ।

सियुएसएएनका तर्फबाट अध्यक्ष बुद्धिबहादुर प्रधान र एमसिएका अध्यक्ष महिन्दा भभिल्लपुरमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button