तपाईँ सुन्दै हुनुहुन्छः

हवाई आक्रमणमा परी ३० आतङ्ककारीको ज्यान गयो

सिन्हवा ।अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मङ्गलबार जानकारी दिएका छन् ।

सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ ।   विगत दुई सातामा बादख्शान प्रान्तको तीनवटा जिल्ला गुमाएका तालिबान लडाकू समूहले यस कारबाहीको कुनै  टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button