तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालमा आगलागी- २ को मृत्यु, ३६ जना घाइते

काठमाडौँ । दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ ।

दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ ।

यस आगलागीमा अन्य ३६ जना घाइते भएका योन्हापले जानकारी दिएको छ । स्थानीय समयाअनुसार मङ्गलबार ९ः३० बजे आगोलागी शुरु भएको थियो ।

करिब १ सय ३० जना बृद्धहरुलाई नर्सिङ सुविधा दिएर राखिएको यस अस्पतलामा घाइते भएकाहरुमा छ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button