तपाईँ सुन्दै हुनुहुन्छः

राँगा समात्न प्रहरीले गोली चलायो

काठमाडौंको न्युरोडमा एउटा राँगालाई नियन्त्रण लिन प्रहरीले गोली प्रहार गरेको छ । मंगलबार विहान उपत्यका बाहिरबाट ट्रकमा ल्याइएको राँगा कालिमाटीबाट उम्किएर भागेपछि नियन्त्रणमा लिन गोली चलाएको हो । राँगा न्युरोड आइपुगेपछि प्रहरीले गोली हानेको थियो ।

आत्तिएको राँगा सडकमा जताततै आतंक मच्चाउँदै कालिमाटीबाट न्युरोड आइपुगेको थियो । राँगाले हानेर केही मानिस पनि घाइते भएका छन् । बिहान नै को घटना भएकाले सडकमा धेरै मानिस नभएकाले ठूलो क्षति हुन पाएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button