तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको युनाइटेड प्याकेजिङ फ्याक्ट्रीमा आगलागी

चितवन ।  चितवनमा रहेको एक कार्टुन फ्याक्ट्रीमा आगलागी भएको छ । बिहान ३.१९ बजे भरतपुर महानगरपालिका–४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालीमा आगलागी भएको हो ।

आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट गरेको छ ।
‘आगलागी चट्याङकै कारण’ भएको कारखानाका सञ्चालक भद्रनारायण पियाको अनुमान छ ।

बिहानबाट लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणको लागि भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकलले प्रयास गरिरहेका छन् । आगलागीबाट मानवीय क्षती भने भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button