तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट सम्पूर्ण प्रयास गरिने बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

त्यस अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button