तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेश साफ यू–१८ फुटबलको सेमिफाइनलमा

अजय बम । बंगलादेश साफ यू–१८ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गत संस्करण उपविजेता समेत रहेको बंगलादेश समुह बी बाट एक जित र एक बराबरी सहित अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा बंगलादेशले आफ्नो दोस्रो खेलमा उपाधिको दावेदार टिम भारतसँग गोलरहित बराबरी खेल्यो । यसअघि उसले समुहको पहिलो खेलमा श्रीलंकालाई तीन शुन्यले हराएको थियो ।

पुरै खेलमा दुबै टिमले केही मौका बनाएका थिए । पाएका मौकाको सदुपयोग गर्न सकेनन् । यो बराबरीले भारतलाई भने अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

भारतले बुधबार समुहको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button