२०७९ साल जेठ ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

योगको विस्तार र जडीबुटीको उत्पादनमा प्रदेश सरकारले सहयोग गर्ने

अच्युत अर्याल २०७६ असोज ६ गते १७:५९

काठमाडौं – प्रदेश सांसद रामेश्वर फुयालले व्यक्त्ति र समाज रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा योगलाई जन स्तरसम्म विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पतंजलि योग समिति काठमाडौं  सुन्दरीजल योग शिविरको एघारौं वार्षिकोत्सवका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ स्थित ओख्रेनी माध्यामिक विद्यालयमा आज आयोजिक कार्यक्रममा सांसद फुयालले आर्थिक समृद्धिका लागि स्थानिय उत्पादन एवं जडीबुटीको उपयोग र विकासमा स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले योगलाई बस्ती बस्तीसम्म पुर्याउने उद्देश्यका साथ प्रदेश नम्बर ३ सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा योगको विषयलाई समावेश गरेको जानकारी दिनुभयो ।

गोकर्णेश्व नगरपालिका २ का अध्यक्ष कृष्णबहादुर पण्डितले नगरपालिकाको ९ वटै वडाहरूमा योग र विभिन्न सामाजिक एवं आध्यात्मिक कार्य गर्न मिल्ने गरी हल सहितको सामूदायिक भवन निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

युवा पतंजलि योग समिति नेपालका प्रमुख ललितशंकर योगीले प्रत्येक व्यक्तिसम्म योग पु¥याउने पतंजलि योग समिति नेपालको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्राध्यापक डाक्टर ऋषिराम पोखरेलले पूर्विय निधिका रुपमाय रहेको योगको महत्वलाई पछिल्लो समय पश्चिमा मुलुकहरूले समेत आत्मसाथ गर्नु योग भूमि नेपालका लागि गर्वको विषय रहेको बताउनुभयो ।

पतंजलि योग समिति प्रदेश नम्बर ३ का सल्लाहकार अच्युत अर्यालले योगको ज्ञान र अभ्यासका साथै योगको आचरण व्यवहारमा ल्याउनु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

काठमाडौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमालले काठमाडौंमा मात्र पतंजलिका १ सय ६० भन्दा बढी शिविर दैनिक सञ्चालनमा रहेको बताउदै कतिपय स्थानमा भौतिक पूर्वाधारको अभावका कारण शिविर नियमित हुन नसकेकाले पूर्वाधार निर्माणमा प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केदार खड्का, रामप्रसाद सञ्जेल, गौतम खनाल , श्रीराम सिंखडा, दामोदर खनाल, जनार्दन खड्का, अनन्त अर्याल, विश्वनाथ पोखरेल लगायतका योग शिक्षकहरुले योगको अभ्यास र आवश्यकताका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

त्यस अवसरमा एभोगार्ड, अमलालगायतका जडिवुटी रोपण गर्नुका साथै सुन्दरीजल शिविरका साधकहरु शंकरमान तामाङ, सुनमाया श्रेष्ठ, सुलोचना श्रेष्ठ, सरस्वती श्रेष्ठ र विजया लक्ष्मी श्रेष्ठलगायतलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित