तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक सोमबार झिनो अङ्कले बढ्यो

अर्जुन श्रेष्ठ । साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक सोमबार झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ७३ अंकले बढेर एक हजार १ सय ४० दशमलव ९८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत शुन्य दशमलव १० अंकले बढेर २ सय ४९ दशमलव ८१ मा पुगेको छ ।

परिसूचक बढेपनि कारोबार न्यून देखिएको सोमबार सेयर बजारमा कुल १ सय ७० कम्पनीका ७ लाख ४३ हजार ३ सय १५ कित्ता शेयर १७ करोड ७२ लाख ७९ हजार ३९ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button