तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाको बजेट १० करोड ९१ लाख

विर्तामोड – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई झापाले आ. व. ०७६/०७७ का लागि १० करोड ९१ लाख रुपैयाँको वार्षिक बजेट सोमबार सार्वजनिक गरेको छ ।

प्रशासनिकबाहेक कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण, प्रविधि विकासलगायत अनुदानसमेतका कार्यक्रममा सो बजेट खर्च गरिने इकाईृ प्रमुख रविन्द्र सुवेदीले जानकारी दिए ।

जिल्ला समन्वय समिति झापाको सभाहलमा समितिका सदस्य पदम सुब्बाको अध्यक्षतामा बजेट सार्वजनिक गरिएको हो ।

बजेट अनुसार धान सुपरजोनका लागि ५ करोड ८८ लाख ८५ हजार, मकै जानका लागि १ करोड २४ लाख ६५ हजार, रबर जोनका लागि १ करोड १४ लाख ३० हजार, सुपारी जोनका लागि १ करोड १६ लाख ८५ हजार छुट्याइएको छ भने कर्मचारी तलबलगायतको प्रशासनिक खर्चमा १ करोड ३७ लाख ९ हजार रुपैयाँ छुट्याइएको छ । अन्य खर्चमा ९ लाख २६ हजार रुपैयाँ छुट्याइएको इकाई प्रमुख सुवेदीले बताए ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तति आधुनिक, व्यावसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ २०७२ देखि झापामा परियोजना कार्यान्वयनमा रहेको छ । पहिलो वर्ष धान सुपरजोनमा सीमित परियोजनाले अपेक्षित प्रतिफल दिएपछि सुपारी र रबर जोन थपिएकोमा यस वर्षदेखि कर्म जोन पनि समावेश गरिएको इकाई प्रमुख सुवेदीले बताएका छन् ।

बजेट सार्वजनिकीकरण कार्यक्रममा सहभागीहरुले बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button