तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार घुससहित कार्यालय सहयोगी पक्राउ

सप्तरी – भुमिसुधार तथा मालपोत कार्यालयका सप्तरीका कार्यालय सहयोगी अर्जुन कुमार मण्डल दुई हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयको टोलीले आज उनलाई पक्राउ गरेको हो ।

जिल्लाको विष्णपुर गाउँपालिका–६, गोरगामा निवासी मण्डल मुमिसुधार शाखामा करारमा कार्यरत छन् । मोहि नामसारी र जग्गा वाँडफाँडका लागि निवेदन लेखाई दिने भन्दै मण्डलले सेवाग्राहीसँग घुस लिएको फेला परेपछि अख्तियारले पक्राउ गरेको भुमिसुधार शाखाका कर्मचारी योगेन्द्र कार्कीले जानकारी दिए ।

मण्डललाई थप अनुसन्धान तथा आवश्यक कार्वाहिका लागि आयोगको ईटहरी स्थित कार्यालय लगिएको छ ।

अख्तियारले यसअघि २५ चैत्र ०७५ मा सोहि कार्यालयका नासु वासुदेव मण्डललाई ४० हजार घुससहित पक्राउ गरेको थियो । उनले मुद्दा मिलाईदिन्छु भन्दै सेवाग्राहीसँग रकम लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button