तपाईँ सुन्दै हुनुहुन्छः

‘आइएनजिओले समुदायलाई आवश्यक कार्यक्रम मात्र ल्याउ’: मन्त्री थापा

काठमाडौं-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गैरसरकारी संघसंस्थाहरुले आवश्यकतामा आधारित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

४० औं सामाजिक सेवा दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे मन्त्री थापाले समुदायलाई आवश्यकता परेको कार्यक्रमहरु सञ्चालन गर्न सके मात्र दिगो र स्थायी हुने बताउनुभयो । उहाँले देश संघिय प्रणालीमा गइसकेको अवस्थामा समाजकल्याण परिषद पनि संघिय संरचनामा जान आवश्यक रहेको बताउनुभयो ।

“मुलुक संघिय संरचनामा प्रवेश गरेसंगै परिषदका काम कारबाही पनि त्यसैअनुसार अगाडी बढ्न आवश्यक छ ” उहाँले भन्नुभयो । मन्त्री थापाले समाज कल्याण परिषद आगामी दिनमा सेवा प्रवाहको क्षेत्रमा प्रबिधिमैत्री र आधुनिक बन्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री थापाले समाज कल्याण परिषद आगामी दिनमा सेवा प्रवाहको क्षेत्रमा प्रबिधिमैत्री र आधुनिक बन्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button