तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा ११ को परीक्षाफल शीघ्र प्रकाशन गर्ने तयारी

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल शीघ्र प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले नतिजा प्रकाशनको तयारी तीब्र गतिमा भइरहेको र करिब करिब अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले परीक्षाफल शीघ्र प्रकाशनका लागि अन्तिम ट्याली गरिरहेको बताउँदै सकेसम्म छिटो सबै प्रकृया पुरा गरी मिलेसम्म एक दुई दिनमा बोर्डको बैठक बसि परीक्षाफल प्रकाशित गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो । गत बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागी भएका थिए ।

अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button