तपाईँ सुन्दै हुनुहुन्छः

गहुँ उत्पादनमा आत्मनिर्भर भेरीखेला क्षेत्र

जुम्ला – जुम्लामा अर्गानिक अन्नबाली उत्पादनका हिसाबले भेगिय हिसाबमा आत्मनिर्भर छन् । जसमा पातारासी क्षेत्र आलु र मकैमा, तिला क्षेत्र सिमि पापर तातोपानी क्षेत्र स्याउ सिमि, सिंजा क्षेत्र भेडाबाख्रा स्याउ त्यस्तै भेरीखोला क्षेत्र अरु भन्दा गहुँ उत्पादनका हिसाब आत्मनिर्भर मानिन्छ । तातोपानी गाउँपालिकाको ८ र ९ नम्बर वडामा पर्ने करिब एक दर्जन गाउँ रहेको क्षेत्रलाई भेरीखोला भन्ने गरिन्छ ।

त्यहा साविकको ताम्ती गाविस पर्छ । त्यहाँ उत्पादनका हिसाबले मकै आलु भएता पनि गहुँमा आफुलाई आत्मनिर्भर बन्न रुचाउँछन् भेरीखोला क्षेत्रका स्थानीयहरु छन् । कहिले पनि उनिहरुले बजारमा पाईने आटोको रोटी खादैनन् । यस वर्ष तातोपानी ८ बारागाउँका दलविर रावतले करिब ७ क्वईन्ट गहुँ उत्पादन गरेका छन् । ५ जनाको परिवार रहेको उनलाई वर्षभरी ढुक्क भएर अर्गानिक गहुँका रोटी खान पुग्छ ।

त्यस्तै सोहि गाउँका दल बहादुर रावतले पनि यस वर्ष ९ क्वईन्टल जति गँहु उत्पादन गरेका छन् । वर्षरीत्यहि खाएर आत्मनिर्भर हुन्छौ । बाहिरको आयातीत बस्तुमा परनिर्भर हामी छैनौ, उनले भने, खेती किसान गरेरै हामी खान्छौ । अन्त माग्नुपर्ने अबस्था छैन् । साथै सोहि गाउँका तुल बहादुर रावतले भने सबैभन्दा बढि करिब १५ क्वईन्टल अर्गानिक गँहु उत्पादन गरेका छन् ।

बारागाउँकै सबैभन्दा बढि गहुँ उत्पादन गर्नेमा तुल बहादुर रावत रहेका छन् । यी, तुल, दल, दल बहादुर एक उदाहरण मात्रै हुन्, तर बारा गाउँका करिब १ सय ५० घरधुरीमा सबै घरमा ५ देखि ७ क्वईन्टल गँहु उत्पादन हुने गरेको छ । बारागाउँ लगायत भेरीखोला क्षेत्रका सर्मी,सुर्की, ताम्ती, डुग्री, टोप्ला, मछालदेउ, थलाले लगायत दर्जनबढि गाउँ गहुँ उत्पानमा आत्मनिर्भर रहेको पाइएको छ । वर्षभरी खेती किसानमै बेस्त हुने भेरीखोला क्षेत्रका किसानहरु आफ्नै उत्पादनमा आत्मनिर्भर छन् ।

गहुँसँग  धान  साट्छौ 
भेरीखोला क्षेत्रमा कालिमार्सी धान उत्पादन तुलनात्मक रुपमा निकै कम हुन्छ । भात खान खाद्यकै चालममा निर्भर छन् । भेरीखोला तर अन्यबाली भन्दा गँहु उत्पादन धेरै हुन्छ । तर त्यहाँका स्थानीयहरु मंसिर पुस महिनामा गँहु संग धान साट्का लागि गाँउगाउँ जाने गर्दछन् । दुईपाथी गँहु संग एक पाथी धान लिने गर्छौ ।

तुल बहादुर रावतले भने, छुमचौर तातोपानी गुठिचौर क्षेत्र तिर गएर गहुँ संग धान साट्छौ । त्यसैगरी विभिन्न ठाउँका स्थानीयहरु विउ गर्न रोटी खानका लागि पनि कपडा व्यापार गर्न ल्याउँछन् । धोती चोला, टोपी माक्स पन्जा दिएर गहुँ लिएर जान्छन् । वस्तु विनिमयको सिदान्त अनुसार भेरीखोला क्षेत्रमा हुने उत्पादन हुने अन्नबाली कपडा, धान संग साट्ने गरेको किसान दल बहादुर रावतले बताए ।

पैसामा अत्याआबश्यक काम बाहेक अरु बेला अन्नबालीको बिक्री हुदैन् । भेरीखोला क्षेत्रको गहुँको रोटी मिठो स्वादिलो हुने भएकोले यतिबेला गहुँको आन्तरिक व्यापार राम्रै हुन्छ । भने, यतिबेला भेरीखोला क्षेत्रका किसान गहुँबाली भण्डारको तयारीमा जुटेको छन् । खेतबाट ल्याई घरमा राखेको गहुँलाई भण्डारण गर्न किसानहरु बेस्थ देखिन्छ । दशै सकिए लगत्तै गाउँगाएमा गएर गहुँको किनबेच हुन्छ । यता ८ नम्बर वडाध्यक्ष कृष्ण बहादुर शाहिले भेरीखोला क्षेत्रमा उत्पादन हुने गहुँको बाह्य बजारीकरणका लागि आबश्यक समन्वय गरीने बताए । भेरीखोलामा उत्पादन हुने गहुँ, ओखरको उचित बजार अभाव रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button