तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ विदेश विभाग टाेली नेपाल आइपुग्यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग टोली नेपाल आइपुग्नु भएको  छ । नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको आतिथ्यतामा नेपाल आएको टोलीलाई नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल र स्कुल विभागका उपप्रमुख वेदुराम भुषलले स्वागत गर्नुभयको थियो  ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को संयुक्त गोष्ठी (वैचारिक आदान–प्रदान) सोमबारबाट शुरू हुँदैछ ।

होटल याक एण्ड यतीमा अपराह्न ४ः४५ बजे शुरू हुने वैचारिक गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपालाई राजनीतिक, वैचारिक प्रशिक्षणदिइनेछ । य

प्रतिक्रिया राख्नुहोस्

Back to top button