तपाईँ सुन्दै हुनुहुन्छः

आज फिफा वर्ष खेलाडी अवार्ड हुँदै, मेस्सी, रोनाल्डो र डाइक-को बन्ला द बेष्ट ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (सोमबार) राति फिफा वर्ष खेलाडी अवार्ड ‘द बेष्ट’ को घोषणा गर्दैछ । इटालीको मिलानमा आयोजना हुने भव्य कार्यक्रमकाबीच वर्ष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा बार्सिलोनाका लियोनल मेस्सी, लिभरपुलका भिर्गिल भान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

यस सिजन लिभरपुलका डिफेन्डर डाइकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । डाइकले यसै वर्ष युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पनि पछि बनाएका थिए । रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जिते र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता पनि बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् ।त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी,जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button