तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ भने केही देशको भाउ थोरै घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय डर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button