तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको शहिद स्मृति क्याम्पसमा व्यापक भ्रष्टाचार, अख्तियारमा पर्यो उजुरी

शिशिर सिंखडा, चितवन । चितवनको रत्ननगर, टाँडीमा रहेको शहिद स्मृति बहुमुखी क्याम्पसमा व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपालकै दोश्रो ठूलो सामुदायिक क्याम्पस तथा चितवनकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा सो क्याम्पस चिनिदै आएको छ । क्याम्पसमा निर्माण भएका विभिन्न कार्यहरुको प्रक्रिया विना भुक्तानी दिइएको, क्याम्पस प्रमुखको राजीनामा र निमित्त क्याम्पस प्रमुखका सन्दर्भमा पनि अख्तियारमा उजुरी परेको छ ।

क्याम्पस प्रमुखले अधिकार क्षेत्र भन्दा बाहिर कार्य गरेको, विभिन्न क्षेत्रबाट प्राप्त बजेट प्रक्रिया विना नै खर्च भुक्तानी गरेको आरोप समेत उजुरीमा रहेको छ ।

क्याम्पस प्रमुखले गत चैत्र १७ गते राजीनामा दिएपछि पुनः क्याम्पसमा गई नियम विपरीत विभिन्न कार्य गरी व्यापक अनियमितता गरेको सो उजुरीमा उल्लेख छ ।

त्यसैगरी क्याम्पस संचालक समितिको कार्य अवधि गत जेठ १७ गते सकिए पनि सो समितिले नियम विपरीत लाखौँ रकम दुरुपयोग गरेको उजुरीमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौँमा सो उजुरी आज (आइतबार) दर्ता भएको हो । सो उजुरीको दर्ता नं. सी८१२९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button