उपत्यकाको फोहर व्यवस्थापन गर्न स्पष्ट योजना बनाउनु पर्नेमा सरोकारवालाहरुको जोड
काठमाडौँ– उपत्यकाको फोहर व्यवस्थापन गर्न स्पष्ठ योजना बनाउन पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । संसदको बिकास समितिले बोलाएको बैठकमा मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले बाराम्वार दोहोरिने काठमाडौँको फोहर समस्याको दिर्घकालिन समाधान खोज्न एउटा अधिकार सम्पन्न संयन्त्र गठन गर्नुपर्ने माग उठेको छ ।
काठमाडौँ महानगर पालिकाले ,२ बर्षका लागि भनेर २०६२ सालमा सम्झौता गरेको नुवाकोटको सिसडोल ल्याण्डफिल क्षेत्रको अवस्था थेग्न नसक्ने अवस्थामा पुगेको र सम्झौता अनुसार स्थानियले सुविधा नपाएको अवस्थामा सरकारले धादिङको बन्चरे डांडामा नयां गतन्व्यको रुपमा फोहर ब्यवस्थापन गर्ने योजना कार्यान्वयनमा ल्याउने निति अघि सारेपछि यो विषयमा समितिले चासो देखाएको हो ।
प्रतिक्रिया राख्नुहोस्