तपाईँ सुन्दै हुनुहुन्छः

दरबन्दीअनुसार डाक्टर नहुँदा जिल्ला अस्पतालमा समस्या

सल्यान – सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा उपचारमा समस्या भएको छ । बिरामीहरुको चाप बढेपनि दरबन्दी अनुसारको डाक्टर नहुँदा समस्या भएको हो ।

कार्यालय सहयोगी सहित ३२ जनाको दरबन्दी भएको अस्पतालमा अहिले १४ जना मात्रै कार्यरत रहेको कार्यालय प्रमुख डा. अर्जुन बुढा मगरले बताए । बिगतमा अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी भएपनि समायोजन भएर जाँदा समस्या भएको बताए । उनले भने ‘अस्पतालमा करिब—करिब दरबन्दी अनुसारका नै कर्मचारी थिए, तर समायोजन भएर अहिले सबै गैसकेका छन । दरबन्दी अनुसार ४ जना डाक्टर हुनुपर्ने अस्पतालमा १ जना मात्रै हुदा समस्या भएको छ ।’

उनले बिरामीको चाप बढेसँगै १५ शैयाको अस्पतालमा २२ शैया थपेर ३७ शैयाबाट सेवा प्रदान गर्दै आइरहेको डा. बुढाले बताए । उनले भने ‘अस्पताल १५ शैयाको हो, तर बिरामीको चापले ३७ शैया बनाएर सञ्चालन गरेका छौँ ।’

प्रमुख डा. बुढा मगरले स्वास्थ्य सेवा बिभागको बेवास्ताका कारण समस्या भएको बताए । अहिले अप्रेशन, डेलिभरी, ईमरजिन्सी, प्लाष्टर लगाएतका काम एक्लै गर्दा गर्दै आइरहेको बताए । कर्मचारी नहुदाँ समस्या भएको बिषयमा स्वास्थ्य सेवा बिभागमा बेला बेलामा जानकारी गराउदैँ आएको भएपनि समस्याको समाधान नभएको उनको भनाई छ । बिभागले समयमा नै अस्पातलमा दरबन्दी अनुसारका कर्मचारी नपठाउने हो भने आगामी दिनमा झनै समस्या बढेर जाने उनले बताए । ।

अस्पतालमा छात्रवृत्ति करारमा १ जना र एनएसआई बाट १ जना डाक्टरले काम गरि रहेकाले केही राहत मिलेको उनको भनाई छ । सल्यान अस्पतालमा रुकुम, रोल्पाका जनता सेवा लिदै आइरहेका छन् ।अस्पतालमा दैनिक एक सय पचास देखि दुई सय सम्म बिरामी आउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button