अवैध सुर्तिजन्य गुटखासहित पिकअप भ्यान बरामद
सर्लाही – सर्लाहीमा शस्त्र प्रहरी बलले झण्डै साढे ८ लाख मुल्य बराबरको ५० बोरा अवैध सुर्तिजन्य गुटखासहित १ थान पिकअप भ्यान बरामद गरेको छ ।
लालबन्दीको नवलपुरबाट मलंगवा तर्फ जादै गरेको ना २ च ५९६८ नम्वरको पिकअप भ्यानलाई कविलासी नगरपालिका वडा नं. ८ अगर्वा चौकमा शस्त्र प्रहरी बल नेपाल १० नं.गण कविलासीका प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंहको टोलीले विशेष सुराकीको अधारमा चेकजाँच गर्ने क्रममा ८ लाख ३९ हजार ४ सय ४८ रुपैया मुल्य बराबरको ठुलो परिमाणको सुर्तिजन्य पदार्थ पानकिङ्ग लेखिएको गुटखा बरामद गरको हो ।
कपिलबस्तको शिवराज गाउपालिका वडा नं. ५ मा रहेको लुम्बनी पान मसाला तथा सुर्ति गुटखा उधोग बाट उत्पादन गरिएको पानकिङ्ग गुटखामा क्यान्सर देखिने गरी तस्विरमा ९० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको हुनुपर्नेमा मात्र ४० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको तस्विर भएकोले उक्त गुटखासहित पिकअप भ्यान बरामद गरिएको जनाइएको छ ।
बरामत गरिएको पिकअप भ्यान आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यलयमा बुझाइएको शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका सञ्चार शाखामा कार्यरत प्रहरी जवान डम्बर बहादुर बुधाथोकिले बताए ।
बरामद गरिएको गुटखाको बिलमा राजस्व तिरिएको भए पनि बिल पनि नक्कली हुन सक्ने सम्भावना भएकोले अनुसन्धान कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले जानकारी दिनुभयो ।
सुर्र्तिजन्य पदार्थ नियन्त्रण ऐन २०६८ अनुसार सुर्तिजन्य पदार्थमा ९० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको व्यवस्था भए पनि ऐनको मापदण्ड विपरित अहिले खुल्ला रुपमा सर्लाही जिल्लाका विभिन्न बजारहरुमा सुर्तिजन्य पदार्थ विक्रि वितरण भईरहेको छ ।
यसैबिच सर्लाहीको ब्रह्म्पुरी गाउपालिका वडा नं.४ भेल्हीबाट अन्दाजी १ लाख मुल्य बराबरको १२ वटा चौपाया प्रहरीले पक्राउ गरेको छ । आज बिहान ९ः४५बजे अवैध रुपमा भारततर्फ तस्करीको लागि ३ वटा गाई, ७ वटा गोरु र २ वटा बच्छा गरी जम्मा १२ वटा गाई, गोरु र बच्छा भारततर्फ लादै गरेको समयमा शस्त्र प्रहरी बल नेपाल १० नं.गण कविलासीका प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंहको टोलीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको गाई, गोरु, बच्छा आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको शस्त्र प्रहरी बल नेपाल १० नं.गण कविलासीका प्रहरी उपरीक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्