तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सेवा दिवस मनाइदैँ

काठमाडौँ– सरकारले ‘बर्ष सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट’ भन्ने नारासहित ४० औं सामाजिक सेवा दिवस मनाउने भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा समाज कल्याण परिषद्ले भोली सोमबार विभिन्न कार्यक्रमसहित सामाजिक सेवा दिवस मनाउन लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाथा थापाले समाजमा पिछडिएका अल्पसंख्यक समुदायको सेवालाई कदर गर्दै सामाजिक सेवा दिवस मनाउन लागिएको बताउनुभयो ।

उहाँले गैर सरकारी क्षेत्रको सेवालाई समन्वय र सहजीकरण गर्ने समाज कल्याण परिषद्लाई थप प्रभावकारी बनाउन यसको पुर्नसंरचनाको तयारी समेत भइरहेको जानकारी दिनुभयो ।

परिषद्ले भाली विहान काठमाडौंको भृकुटी मण्डपमा प्रभातफेरी गर्ने र सामाजिक विकास मन्त्रालयको नेतृत्वमा ७ वटै प्रदेशमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहभागितामा विभिन्न कार्यक्रम हुने परिषद्ले जनाएको छ ।

सामाजिक सेवा दिवसका अवसरमा भोली नै ८० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संसथाले विकास प्रदर्शनी गर्ने र तिलगंगा आखाँ अस्पताल, अडरा संस्था र स्पाइनल कड इञ्जुरी संस्थाबाट निःशुल्क आखाँ शिविर, स्वास्थ्य तथा मेरुदण्डसम्बन्धि उपचार गर्ने व्यवस्था रहेको परिषद्का सदस्य सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button