तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि युवाहरुलाई खोज अनुसन्धानमा लाग्न राष्ट्रपतिको आह्वान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका विभिन्न व्यक्तिहरुलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०७५ प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज काठमाडौँमा आयोजना गरेको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि आगामी दिनमा अनुसन्धान र आविष्कारका कामहरुमा निरन्तर लागेर देशको विकासमा टेवा पु¥याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले प्रतिभाशाली युवाहरुको खोज र अनुसन्धानबाट मुलुकको वैज्ञानिक खोज अनुसन्धाान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुग्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले युवाहरुको प्रतिभाको सम्मानबाट देशका युवा पिढीलाई नयाँ कार्य गर्न प्रेरणा पुग्ने विश्वास व्यक्त गर्नुहुदै आगामी वर्षहरुमा नयाँ प्रविधिको आविस्कार र प्रयोगबाट ज्ञान विज्ञानप्रति आकर्षणमा बृद्धि हुने सरकारको अपेक्षा रहेको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पाँच लाख रुपैयाँ राशी सहित पुरस्कृत गरिएको छ भने राष्ट्रिय प्रतिभा अनुदान सहयोगवाट रदी मिया र विकल्प ढुंगानालाई जनही २ लाख ५० हजार रुपैँयाबाट सम्मान गरिएको हो ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५ नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button