तपाईँ सुन्दै हुनुहुन्छः

चार किलो अफिमसहित ३ जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जमा चार किलो अफिमसहित तीन जना पक्राउ परेका छन् । नेपालगञ्ज–४ स्थित एक होटलबाट प्रहरीले चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।

होटलमा लागु औषध अफिमको कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा दाङका ढुकु रोका, बर्दियाका बालकृष्ण थापा र डम्बर थापालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता शिव सिंहले अफिम कहाँबाट कसरी आयो भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button