तपाईँ सुन्दै हुनुहुन्छः

चटयांग लागेर पर्सामा एकको मृत्यु

बीरगंज– पानीसंगै परेको चटयांगले आज बिहान पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरिया निवासी ३५ वर्षिय माधव रामको मृत्यु भएको छ ।

विहान धान खेतमा पानी पटाउन गएका रामलाई बर्षासँगै परेको चटयांग लाग्दा गम्भिर घाइते भएको र उपचारको लागि वीरगंज हेल्थ केयरमा लगिएको थियो ।

उपचारकै क्रममा रामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो । मृतकको शव पोष्टर्माटम पछि आफन्तको जिम्मा लगाईएकोे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button