तपाईँ सुन्दै हुनुहुन्छः

साताको पहिलो दिन आइतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं।साताको पहिलो दिन  आइतबार पनि सुनको मूल्य बढेको छ।आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ३ सयले महंगिएको हो। हिजो छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६५  रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button