तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदीले बगाएर एकको मृत्यु : पहिरोले ६ घर विस्थापित

जाजरकोट ।  जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।
नदीले बगाइ ल्याएको दाउरा निकाल्न गएका जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँका ५३ बर्षिय मनबहादुर बोहराको मृत्यु भएको हो । बोहराको शब ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।

पहिरोले ६ घर विस्थापित

यसैबीच लगातारको बर्षापछि पहिरो जादा जाजरकोटको नलगाड नगरपालिका ३ का ६ घरपरिवार विस्थापित भएका छन ।

छेप्का कैना सडकको कारण पहिरो जादा लुहारखेतका दलबहादुर पुन, भुमिलाल पुन, लक्ष्मी प्रसाद शर्मा, मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोरेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताउनु भयो ।

घर तल पहिरो जादै छ, घरमा माथिबाट जमिन चिराचिरा परेर धाँजा फाटेको छ, शर्माले भन्नु भयो । त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरो जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएका छन । उता सानाबन गाउँका ३० घरपरिवार पहिरोले क्षेती गरेको जोखिम पुर्ण स्थानमा बस्दै आएका छन । यहाँका स्थानीयको अन्य स्थानमा घर नहुदा पहिरो प्रभावित क्षेत्रमा बस्नु परेको स्थानीय डम्बर बुढाले बताउनु भयो ।
स्थानीय सरकारले पहिरो पिडित परिवारलाई व्यवास्था गरेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button