तपाईँ सुन्दै हुनुहुन्छः

ब्याक लोडरले ठक्कर दिँदा बिगु गाउँपालिकामा एक बालकको मृत्यु  

दोलखा  ।  दोलखाको विगु गाउँपालिका वडा नं–८, झोरुम सोरुम सांवा सडक खण्डमा बाटो मर्मत गर्ने क्रममा लोडरले ठक्कर दिँदा एक बालकको मृत्यू भएको छ ।
शनिबार अपरान्ह ४ः ३० बजे अवरुद्ध सडक पन्छाउने क्रममा बा ३ क १२०६ नम्बरको को TATA Hitaichi ब्याक लोडरले ठक्कर दिँदा विगु गाउँपालिका वडा नं–५, चिलंखा घर भई झोरुम सोरुममा होटल गरेर  बस्ने रमेश खड्काको  ४ वर्षको  रोजन खड्काको घट्नास्थलमानै मृत्यू भएको हो ।
घट्ना पछि ठक्कर दिने ब्याक लोडरलाई इलाका प्रहरी कार्यालय सिंगटीले नियन्त्रणमा लिएको छ भने मृतक बालकको शब पोष्टमार्टमको लागी प्राथामिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button