तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आजको विनिमय दर (तालिका सहित)

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलरसहित प्राय देशको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ४० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button