तपाईँ सुन्दै हुनुहुन्छः

साफ यू–१८ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (आईतबार) नेपाल र भुटान भिड्दै छन् । समुह बीमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।

काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई प्राप्त छ ।

समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो ।

समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।

भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ ।

 

नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button