तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा भण्डारी

लम्की-कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी हुनुभएको हो । भण्डारीले ५४१ मत प्राप्त गर्नुभएको छ भने खत्रीले ३२० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी हुनुभएको छ । महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी हुनुभएको छ ।

महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी (पन्छी), दलित सदस्यमा अमित टमटा नेपाली, विजयी हुनुभएको छ ।

खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी हुनुभएको निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष भण्डारीले मतदातालाई धन्यवाद दिँदै व्यापारीको सुझावका आधारमा काम गर्ने बताउनुभयो । शनिबार भएको चुनावमा एक हजार दुई मतमध्ये ९१६ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button