तपाईँ सुन्दै हुनुहुन्छः

दशैको अग्रिम टिकट बुकिङ आजबाट खुला

काठमाडौं ।  दसै तिहार र छठ पर्वकाका लागि आजदेखि अग्रीम टिकट बुकिङ्ग खुला भएको छ  ।

यातायात ब्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डौको नयाँ बसपार्क , सुन्धारा, पुरानो बसपार्क , कलंकी , गौशाला कोटेश्वर लगायत स्थानबाट अग्रीम टिकट बुकिङ्ग गर्न सकिने छ  । विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म अग्रीम टिकट खुल्ला गरिने छ ।

टिकट लिने भिडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले काउन्टरबाटै टिकट लिन महासंघले अनुरोध समेत गरेको छ । यसपटक यात्रुहरुको सुविधा , सुरक्षा र बस छुट्ने समयमा बढी प्राथमिकता दिएको महासंघले जनाएको छ ।

टिकट नलिएको यात्रुलाई चढ्न नदिने , बसमा शंकास्पद बस्तु भेटिए प्रहरीलाई बुझाइने , क्षमताभन्दा बढी यात्रु नचढाउने महासंघले जनाएको छ ।

दसैमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको अत्यधिक चाप हुने भएकाले यातायात ब्यवसायीले अग्रीम टिकट बुकिङ खुलाउदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button