तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । १८ वर्ष मुनिको साफ च्याम्पियनसीप पुरुष फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालमा जारी प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल आईतबार हुने खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

यस अघि शुक्रबार भएको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १– १ गोलको बराबरी खेलेको थियो ।

प्रतियोगिता अन्र्तगत दोस्रो खेलमा बंगलदेशले श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

शनिबार शसस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा समुह बी को खेलमा बंगलादेशले श्रीलंकामाथि सहज जित हात पार्दै विजयी सुरुवात गरेको हो ।

बंगलादेशले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको हो । अब, बंगलादेशले सोमबार भारतसँग प्रतिस्प्रर्धा गर्ने छ ।

समुह ए मा नेपाल, भुटान र माल्दिभ्स रहेका छन् भने समुह बी मा भारत, श्रीलंका र बंगलादेश छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button