तपाईँ सुन्दै हुनुहुन्छः

चितवन मेडिकल कलेज र विद्यार्थीबीच बढी शुल्क ३० दिनभित्र फिर्ता गर्ने सहमती

चितवन – चितवन मेडिकल कलेजमा देखिएको शुल्क विवाद तत्कालका लागि समाधान भएको छ । चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क बढीमा ३० दिनभित्र फिर्ता गर्ने सहमती भएको हो ।

आज विहानदेखि जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा शुल्क फिर्ता गर्ने अथवा समायोजन गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उनले भोलीदेखि नै विद्यार्थीको आन्दोलन स्थाथित हुने र पठनपाठन सूचारु हुने बताए । मेडिकल कलेजका सञ्चालक हरीश न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्द, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगाएतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा विहान देखि साँझ सम्म बार्ता चलेको थियो ।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ । कलेजको २६ वटा संकायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कलेजले, सरकारले तोकेभन्दा १२ देखि १५ लाख रुपैयाँसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने विद्यार्थीको माग छ ।

तर अस्पतालका सञ्चालक हरिश न्यौपानेले भने सरकारले भनेभन्दा बढी रकम नलिएको बताउँदै आएका थिए । चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएमले एमबीबीएसका लागि शैक्षिक शुल्क ४२ लाख रुपैयाँ तोकेको र अन्य परीक्षणलगायतका केही शुल्क पारदर्शी रुपमा नै लिएको उनको भनाई छ ।

त्यस्तै शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button