तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका नायव कार्यकारी निर्देशक के.सी सुप्रवल जनसेवा श्री तृतिय श्रेणीबाट बिभूषित

 

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ ।

नेपाल सरकारको सिफारिस अनुसार विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ ।

नेपाल सरकारको सिफारिसमा अनुसार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सह–सहसचिव बिरेन्द्र कुमार मिश्र र रेडियो नेपालका नायव कार्यकारी निर्देशक श्री बुद्धि बहादुर के.सीलाई सुप्रवल जनसेवा श्री तृतिय श्रेणीबाट बिभूषित गरिने भएको छ ।

त्यस्तै गरी रेडियो नेपालमा कार्यरत संगितकार नारायण ओलीलाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीबाट बिभूषित गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button