तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्ने क्रममा डुबेर झापामा दुई जनाको मृत्यु

झापा – झापाको कमल गाउँपालिका–४ भुत्लुङखोलाको निर्माणधिन कल्भर्टको लागि खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर गुँरासे घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

शुक्रबार बिहान घरमा कसैलाई जानकारी नदिईई पौडी खेल्न गएको र साझँसम्म पनि घर नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान पानीमा डुबिरहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरीको टोलीले आवश्यक अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button