२०७८ साल साउन १२ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

निर्माण, प्रगति र सामाजिक न्याय अवको प्राथमिकता : सञ्चारमन्त्री

रेडियो नेपाल २०७६ असोज ४ गते ८:०२

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्माण, प्रगति र सामाजिक न्याय नै सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

शुक्रबार संविधान दिवसको अवसरमा काभे्रको मण्डनदेउपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सवैतिरबाट थिलथिलो बनेको अवस्थामा पनि सरकारले विकासका कामलाई गति दिएकाले अव सानातिना कुरामा अल्झिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

युवा शक्तिलाई स्वदेशमै परिचालन गरी निर्माणका काम अघि बढाउन सरकारले विशेष योजना ल्याउने पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईंले कुनै व्यक्ति या समुहले विरोध गर्दैमा संविधान शंसोधन गर्न जरुरी नहुने धारणा राख्नुभएको थियो ।

सम्बन्धित