तपाईँ सुन्दै हुनुहुन्छः

औद्यौगिक क्षेत्र स्थापनाका लागि भएको जग्गा विवाद समाधान

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–३ नौवास्तामा प्रदेशस्तरीय औद्यौगिक क्षेत्र स्थापना गर्नका लागि भएको जग्गा विवाद समाधान भएको छ ।

औद्योगिक क्षेत्रको जग्गामा रहेको २ सय ८ घरसहित करीब २ सय ६८ परिवारलाई सोही स्थान नजिकको ३० बिघा क्षेत्रफलमा सार्ने सर्वदलीय सहमति भएपछि जग्गा विवाद समाधान भएको हो ।

समस्या समाधान भएसँगै औद्यौगिक क्षेत्र स्थापनाका लागि सरकारले छुट्याएको ५ सय २५ बिघामा क्षेत्रमा अब भौतिक पूर्वाधार निर्माण सुरु हुने औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय सो औद्योगिक क्षेत्रले कम्तीमा ३० हजारले रोजगारी पाउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button