तपाईँ सुन्दै हुनुहुन्छः

टुँडिखेलमा आयोजित संविधान दिवसको कार्यक्रम(फोटोफिचर)

काठमाडौं- संविधानसभाबाट संविधान जारी भएको दिन आज संविधान दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौंको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष कार्यक्रममा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको उपस्थितिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानन्त्री, मन्त्रीहरु र सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम तस्वीरमा हेर्नुहोस्

तस्वीर : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button