तपाईँ सुन्दै हुनुहुन्छः

“प्रथम रामबन टाँडी गोल्डकप २०७६” को पहिलो खेलमा निजगढ बिजयी

बारा– “प्रथम रामबन टाँडी गोल्डकप २०७६” को पहिलो खेल निजगढ नगरपालिका ११ ले जितेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को रामबन टाँडी रङ्गशालामा बिहिबारबाट शुरु भएको पहिलो खेलमा आयोजक आर.टि. युथ क्लबलाई पराजीत गर्दै निजगढ नगरपालिका ११ले जीत निकालेको हो ।


संविधान दिवसको अवसरमा आयोजित प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई निजगढ ११ ले १–० ले पराजित गरेको हो । निजगढका लागि खेलको ८आंै मिनेटमा समन कुवरले गरेको गोल नै निर्णायक बनेको थियो ।

खेलको पहिलो हाफमा निजगढले लिएको अग्रता कायम राख्दै खेलमा उत्कृष्ण प्रदर्शन गरेको थियो भने आफ्नो जित निकाल्न आयोजक क्लबले निकै प्रतिसप्रधा गर्नु परेको थियो ।

आयोजक क्लबका अध्यक्ष दिपक कुमार तामाङ्गका अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी विकले ग्रामिण भेगमा आयोजित प्रतियोगिताले कुसल खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले योजनाबद्व रुपमा खेललाई प्रवद्धन गर्ने योजना भए प्रदेश सरकारको लगानी त्यस कार्यक्रममा हुने बताउनुभयो ।

प्रतियोगितामा गोल गर्न सफल भएका निजगढका कुवर खेलको म्यान अफ दि म्याच बन्न सफल भएका थिए ।

आज साँझ हुने खेलमा एन.जे.जे.वाईसि सिमरा र एपिएफ सशस्त्र प्रहरी पिलुवा बिच खेल हने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button