तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरसहित सबै देशको मूल्य उकालो लाग्यो, कुन देशको कति? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको छैटौं दिन आज (शुक्रबार) अमेरिकी डलरसहित प्राय देशको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ८० पैसा र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button